१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
Invalid date format २o:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रकम हिनामिना गरेको भन्दै बागमती प्रदेशका आठ सहकारीको फाइल सिआइबीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o४:oo

बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बागमतीका आठ सहकारीको फाइल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा पठाइएको छ। प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी महाशाखाले बचतकर्ताको रकम फिर्ता नगरी हिनामिना गरेको भन्दै आठ सहकारी संस्थालाई अनुसन्धानका लागि सिआइबीमा पठाएको हो।

बचतकर्ताहरूले उजुरीका आधारमा ती सहकारीहरूलाई अनुसन्धानका लागि सिआइबीमा पठाएको महाशाखाले जनाएको छ। महाशाखाले मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, झिंगु समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुर, मुकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा, डिलाइट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड ललितपुर, नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड भक्तपुर, फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं, सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुर र पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरलाई अनुसनधानको लागि सिआइबीमा पठाइएको हो।

बचतकर्ताको उजुरीका आधारमा समस्या देखिएका उक्त सहकारीहरूलाई पटक-पटक छलफलमा बोलाउँदा उपस्थित नहुने, महाशाखाको निर्देशन अटेर गर्ने, बचत फिर्ता नगर्ने, बचत फिर्ताको कार्ययोजना पेस नगर्नेलगायतका गतिविधिका कारण अनुसन्धानका लागि सिआइबीमा पठाइएको महाशाखाका रजिस्ट्रार कुमार तामाङले जानकारी दिए। 

‘प्रदेश सहकारी ऐन, ०७६ को दफा २० मा सहकारीको मूल्यमान्यता, सिद्धान्त पालना गर्नुपर्ने व्यवस्था छ। तर, ती सहकारी संस्थाले कुनै पनि नियम पालना नगरेको र सहकारी महाशाखाले कुनै पनि छलफल तथा बचत फिर्ताको लागि पत्राचार गरिहरन नपर्ने देखिएपछि ती सहकारीको फाइल सिआइबीमा पठाइएको हो,’ उनले भने।

उनका अनुसार सिआइबीमा पठाइएका आठवटै सहकारीका बचतकर्ताहरूले आफ्नो बचत रकम फिता मागे पनि दिन आलटाल र विभिन्न बहानाबाजी गरेपछि ती सहकारीको फाइल अनुसन्धानका लागि सिआ'बीको जिम्मा लगाइएको हो।