१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जापानी राजदूतद्वारा राष्ट्रिय दिवस समारोह आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:oo:oo

नेपालस्थित जापानी राजदूतावासले जापानी साम्राट्को ६५औँ जन्मोत्सव एवं राष्ट्रिय दिवसमा स्वागत समारोह आयोजना गरेको छ ।

शुक्रबार जापानका नवनियुक्त राजदूत माएदा तोरुको ताहाचलस्थित निवासमा आयोजना गरेको समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राष्ट्रिय सभाकी उपाध्यक्ष माननीय विमला घिमिरे, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राणा, पूर्वप्रधानमन्त्रीहरू, पूर्वमन्त्रीहरू, संघीय संसद्का सदस्यहरू, राजदूतहरू, नेपालस्थित अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरू सहभागी थिए। 

राजदूत माएदाले सहभागी ३५० जनालाई सम्बोधन गर्दै जापान र नेपालबिचको दीर्घकालीन सम्बन्धबारे चर्चा गरे । उनले १९औँ शताब्दीमा सुरु भएको ऐतिहासिक आदानप्रदान, १९८७ मा सम्राट्को नेपाल भ्रमणलगायत उच्चस्तरीय भ्रमण र आधा शताब्दीभन्दा बढी समयदेखि जापान र नेपालबिचको विकास सहयोगले सम्बन्ध झनै गहिरो र हार्दिक भएको बताए ।

जापानी राजदूतावासका अनुसार उनले सन् २०२६ मा जापान र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवलाई दुई देशबिचको मित्रतालाई अझ प्रवर्द्धन गर्ने उत्कृष्ट अवसरको रूपमा हेर्ने अपेक्षा पनि व्यक्त गरेका थिए ।