१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद

आहा ! रारा पोखरा गोल्डकपबाट बाहिरियो एनआरटी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३९:oo

एनआरटी फुटबल क्लब पोखरामा जारी २४औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताअन्तर्गत तेस्रो प्रि-क्वार्टरफाइनलको खेलमा चर्च ब्वाइज युनाइटेडसँग सडन डेथमा पराजित हुँदै एनआरटी बाहिरिएको हो। जितसँगै क्वार्टरफाइल प्रवेश गरेको चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि २८ माघमा हुने खेलमा साबिक विजेता विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग भिड्नेछ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरीमा खेल सकिएपछि अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट कुनै गोल हुन सकेन। निर्णयका लागि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा दुवै टोलीबाट समान ४–४ गोल भएपछि खेल सडन डेथमा थकेलिएको थियो। सडन डेथमा दुवै टोलीले ४–४ प्रहार गरेकोमा चर्च ब्वाइजले २–१ ले खेल आफनो पक्षमा पार्दै प्रतियोगिताको अन्तिम आठमा आफ्नो स्थान सुरक्षित गर्‍यो।