मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format २o:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

उच्च अदालतको आदेशपछि हेटौँडामा फोहोर उठ्न छाड्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३२:oo

उच्च अदालत पाटन हेटौँडा इजलासले हेटौँडा उपमहानगरपालिकाले हाल फोहोर फालिरहेको स्थानमा नफाल्न अन्तरिम आदेश दिएपछि हेटौँडाका विभिन्न वडामा फोहोर उठ्न छाडेको छ। उपमहानगरपालिकाले बिहीबार सूचना जारी गर्दै फोहोर फाल्ने वैकल्पिक स्थान नभएकाले अर्को व्यवस्था नभएसम्मका लागि संकलन र व्यवस्थापन स्थगित गरेको जनाएको छ।

उपमहानगरको सूचनापछि ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजले फोहोर उठाउन रोकेको छ। हेटौँडाको मुख्य बजारसहित १९ वटै वडाबाट गरी दैनिक २६ टनभन्दा बढी फोहार संकलन हुने गरेको ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका सञ्चालक नवराज खतिवडाले जानकारी दिए। 

हेटौँडा उपमहानगरको डम्पिङ साइट नहुँदा हेटौँडा–१० स्थित सिसौघारीनजिकै राप्ती खोला किनारमा फोहोर व्यवस्थापन हुँदै आएको थियो। फोहोर व्यवस्थापन अव्यवस्थित भएको र नकुहिने फोहोरलाई आगो लगाएर वातावरण प्रदूषण गरिएको भन्दै योगेन्द्रप्रसाद उपाध्यायले उच्च अदालत हेटौँडा इजलासमा रिट निवेदन दिएका थिए। 

उपाध्यायको निवेदनमाथि न्यायाधीश डा. निर्मला पौडेल भट्टराईको एकल इजलासले मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेका हुन्। ‘वातावरण प्रदूषणजस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत मााग गरिएकाले विपक्षीबाट हेटौँडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफान्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, ०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।’ उच्च अदालत पाटन हेटौँडा इजलासबाट जारी आदेशमा भनिएको छ।

उच्च अदालत पाटन हेटौँडा इजलासले २९ माघमा दुवै पक्षलाई अदालतमा छलफलका लागि बोलाएको छ। हेटौँडा उपमहानगरपालिकाले यहाँ ०२६ सालदेखि फोहोर व्यवस्थापन गर्दै आएको छ। फोहोर व्यवस्थापनको नाममा पटक-पटक आगो लगाउने गरेको भन्दै स्थानीयले विरोधसमेत गर्दै आएका थिए।