१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद

महावीरपछि ग्रेट हिमालय सेमिफाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o६:oo

ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। टोलीको यो लगातार तेस्रो जित हो। बुधबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा ग्रेट हिमालयले बालुवाटार क्बललाई १९ रनले पराजित गर्‍यो।

जितसँगै तीन खेलमा ६ अंक जोडेर ग्रेट हिमालयन समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको छ। पराजित बालुवाटार समान खेलबाट दुई अंकका साथ बाहिरियो। मंगलबार महावीर सेमिफाइनलमा पुगेको थियो। 

ग्रेट हिमालयले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याएको बालुवाटारले २० ओभर नै ब्याटिङ गरे पनि पाँच विकेट गुमाउँदै १२५ रन मात्रै बनाउन सक्यो। बालुवाटारका लागि प्रसिद्ध जैसीले ५३ बलमा ५२ र सुजल खड्गी ४३ बलमा ५१ रन बनाए। ग्रेट हिमालयका लागि इशान पाण्डेले दुई तथा सवलप्रसाद अधिकारी र प्रकाश थापाले समान एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको ग्रेट हिमालयनले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १४३ रनको योगफल तयार पारेको थियो। ग्रेट हिमालयका लागि इशान पाण्डेले ५१ बलमा ६२ र दीपक केवतले ३० बलमा अविजित ६१ रनको योगदान गरे। बालुवाटारका लागि सुमित बुढाले दुई र नवीन कडायतले एक विकेट लिए।

बुधबारै सम्पन्न अर्को खेलमा एन्जल्स स्पोर्टस् एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई सात विकेटले पराजित गर्‍यो।