मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १७:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद

चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्ड कपको फाइनलमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५८:oo

सानदार जितसँगै चर्च ब्वाइज युनाइटेड क्लब काठमाडाैं बुढासुब्बा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेज (आरटिसी) क्लबलाई ७–० को फराकिलो अन्तरमा पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले २५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको हो। 

चर्च ब्वाइजका समीर तामाङ र अर्मान्ड भिदोङले ह्याट्रिक गरे। समीर तामाङले खेलको २१औँ मिनेट ५६औँ मिनेट र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। यस्तै, अर्मान्ड भिदोङले खेलको २७औँ मिनेट, ५०औँ र ५२औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। चर्च ब्वाइजका पदम भट्टराईले खेलको २९औँ मिनेटमा गोल गरे। चर्च ब्वाइजले सुरुवातदेखि नै आरटिसीलाई दबाबमा राखेको थियो। खेलको २१औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। 

आरटिसीले सुरुवातमा नै अग्रता बनाउने सुनौलो अवसरमा गोल गर्न सकेन। खेलको १९औँ मिनेटमा आरटिसीका नियन्दा योसेल वान भर्सेस वानमा गोल गर्न चुके। उनले गोल किपरलाई बिट गर्न खोज्दा असफल भए। त्यसपश्चात् आरटिसीले खेलमा त्यति राम्रो अवसर सिर्जना गर्न सकेन।

आरटिसीले पहिलो खेलमा राष्ट्रिय जागृति क्लब इटहरीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उच्च मनोबलका साथ चर्च ब्वाइजविरुद्ध मैदानमा उत्रिएको थियो। चर्च ब्वाइज भने नेपाल पुलिस क्लबविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको थियो।

खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए। उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो। भोलिको खेल एनआरटी क्लब काठमाडाैं र युकेएफसी भारतबिच दोस्रो सेमिफाइनल खेल हुनेछ। १९ माघमा सुरु भएको प्रतियोगिता २६ माघसम्म चल्नेछ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिले मुख्य प्रायोजन गरेको छ।