१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Saturday, 10 May, 2025
२o८१ माघ २२ मंगलबार o९:o७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठकअघि मंगलबार सर्वदलीय बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार o९:o७:oo

बागमती प्रदेश सभाकाे बैठकअघि मंगलबार सर्वदलीय बैठक बस्ने भएको छ। प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा आज मंगलबार अपराह्न ३ बजे सर्वदलीय बैठक बस्न लागेको हो।

१८ माघबाट सुरु भएको हिउँदे अधिवेशनको दोस्रो बैठक बस्नु एक दिनअघि समाभुख पाठकले प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन्। प्रदेश सभा बैठक बुधबार बिहान ११ बजे बस्दै छ।

बागमती प्रदेश सभाका प्रतिपक्षी दलहरूले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नभएसम्म संसद् बैठक चल्न नसक्ने चेतावनी दिइरहेका वेला सर्वदलीय बैठक आह्वान भएको हो।

सर्वदलीय बैठकमा प्रदेश सभा बैठक सञ्चालनका विषयमा छलफल हुने सभामुखले जानकारी दिएका छन्। बैठकमा २३ गते बुधबारबाट बस्ने प्रदेश सभा बैठकको कार्यसूचीको विषयमा समेत छलफल हुने उनको भनाइ छ।

प्रतिपक्षी दलहरूको विरोधका कारण यसअघि १८ माघबाट सुरु भएको प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठक दलहरूका तर्फबाट शुभकामना मन्तव्यपछि स्थगित गरिएको थियो। प्रतिपक्षी दलहरूले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभा बैठकमा अन्य कार्यसूचीमा छलफल हुन नसक्ने अडान लिएका छन्।

प्रदेश सभा सचिवालयमा हाल सरकारले ल्याएका विभिन्न चारवटा संशोधन विधेयकहरू छन्। ती विधेयकहरू सदनमा पेस गरेर छलफल अगाडि बढाउनुपर्ने भए पनि प्रतिपक्षीले सदन अवरोध गर्न सक्ने भएपछि त्यसअघि नै सर्वदलीय बैठकबाट सदन सञ्चालन गर्ने विषयमा सहमति गर्ने तयारी गरिएको प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ।