मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २० आइतबार
  • Tuesday, 18 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २० आइतबार o९:१८:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २० आइतबार o९:१८:oo

पछिल्लो अमेरिकी नीतिले हाम्रो विकास निर्माणमा कस्तो प्रभाव पार्ला ?
अहिले नै यस्तै हुन्छ भन्न त कठिन छ । केही न केही प्रभाव देखिन सक्छ । तर, पछिल्लो समयमा सरकारले ल्याएको अध्यादेशका प्रावधानले लगानीलाई आकर्षित गर्न सक्छ । यसले केही सहज गराउँछ । लगानीकर्ताले जहाँ सहज हुन्छ, लगानी त्यतै लैजान्छ । त्यसैले, कानुनकै आधारमा मात्र सबथोक हुन्छ भन्न मिल्दैन । तर, बनेको कानुन सहज रूपमा कार्यान्वयन गर्न सकियो भने पनि यसको प्रभाव सकारात्मक देखिन सक्छ । 

यस्तो अवस्थाबाट जोगिन हाम्रो तयारी कस्तो छ ?
हाम्रो अर्थतन्त्रको आकार त्यस्तो ठुलो छैन । त्यसैले, हामी संकटमै पर्ने अवस्थाचाहिँ छैन । पछिल्लो समयमा आइटीमा राम्रो ‘स्कोप’ देखिएको छ । ठुला पूर्वाधार विकास या उद्योगमा जस्तो आइटीमा ठुलो लगानीको खाँचो पर्दैन । यसबाट राम्रो रोजगारी सिर्जना हुन सक्छ । युवा पलायन रोक्न सहयोग पुग्छ । स्वदेशमै बसेर राम्रो आय आर्जन गर्न सकिन्छ भन्ने विश्वास आइटी सेक्टरले बढाएको छ । भविष्यमा हाम्रो निर्यातको ‘मेजर सेक्टर’ नै आइटी बन्न सक्छ । त्यसैले, हामीले त्यसका सहजीकरण गरिदिनुपर्छ ।

भविष्यमा हाम्रो विकास निर्माणलाई प्रभावित हुन नदिन के गर्नुपर्ला ?
यसका लागि स्वदेशी तथा विदेशी लगानी बढाउनु जरुरी छ । एनआरएनएको लगानीलाई पनि यसमा जोड्न सकिन्छ । यस्तो लगानीले देशमा उद्योगधन्दा फस्टाउँछन् । त्यसबाट रोजगारी बढ्छ । सरकारको राजस्व वृद्धि हुन्छ । यसबाट विकास निर्माणमा विदेशी अनुदान या ऋणमा भर पर्नुपर्ने अवस्थामा सुधार आउँछ । विदेशी सहयोग दीर्घकालीन नहुने भएकाले आत्मनिर्भरता बढाउन निजी क्षेत्रलाई आकर्षित गर्ने बाटोमा जानु उपयुक्त हुन्छ ।