मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २o:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद्लाई छलेर अध्यादेश ल्याउनु व्यवस्थामाथिकै हमला : देव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o६:oo

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सरकारले संसद्लाई छलेर अध्यादेश ल्याउनु संसदीय व्यवस्था माथिको हमला भएको बताएका छन्। 

प्रेस सेन्टर नेपाल मकवानपुरले शनिबार हेटौँडामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले सरकारले संसद्लाई कमजोर र विस्थापित गर्न खोजेको आरोप लगाए।

सरकारले ३१ वटा कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नुले सरकारको नियत नै गलत भएको उनको दाबी छ। महासचिव गुरुङले विगतमा प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई केपी शर्मा ओली नेतृत्वले सरकारले रातारात उल्टाउने काम गरेको आरोप लगाए।

‘देशको लोकतन्त्र र राष्ट्रियतामाथि खतरा पैदा भएको छ। सरकारको सोच र चिन्तनको कारण मुलुक गम्भीर संकटमा फस्दै गएको छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय राजनीतिमा देखिएको फेरबदलले नेपालको स्वाधीनताको रक्षा गर्न चुनौतीपूर्ण देखिएको छ।’ 

महासचिव गुरुङले मुलुकको स्वाधीनताको रक्षा गर्न अंगीकार गर्नुपर्ने परराष्ट्र नीतिसमेत सरकारले अंगीकार गर्न नसकेको दाबी गरे। सुशासनको नाममा सरकारले भ्रष्टचारी र कमिसनतन्त्रलाई प्रश्रय दिने काम गरेको उनले आरोप लगाए।