१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १६ बुधबार
  • Sunday, 06 July, 2025
२o८१ माघ १६ बुधबार १९:४९:oo
Read Time : < 1 मिनेट
समाचार

तत्कालीन नेकपा माओवादीको सहरी गुरिल्ला टिम कमान्डरहरूको विशेष भेला सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १६ बुधबार १९:४९:oo

तत्कालीन नेकपा माओवादी जनयुद्धको वेला सहरमा हुने फौजी कारबाहीको विशेष नेतृत्व गरेको सहरी गुरिल्ला टिम (स्पेसल फोर्स, एटिएफ) का तत्कालीन कमान्डरहरूले चितवनको सौराहामा तीनदिने दोस्रो विशेष भेला सम्पन्न गरेका छन्। भेलाले गरेका विभिन्न निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

भेलाले तत्कालीन समयमा पोखरा एटिएफको कमान्ड सम्हालेका कमान्डर अभिशेकको नेतृत्वमा सम्मेलन आयोजक समिति गठन गरेको छ। जसको समन्वय कास्कीका धीरज राना र किरण थापा अमोद, रुपन्देहीको समन्वय सुजित विक, चितनवमा लक्ष्मी ढकाल र काठमाडौं संयोजन गर्न सुरेन्द्र भुजेल, अन्जानलाई जिम्मेवारी दिएको छ। सो समितिको सदस्यसचिवको रूपमा संगठनको संयोजन पत्रकार राजु छेत्रीले गर्नेछन्।

'जनयुद्धका क्रममा राज्यद्वारा बेपत्ता पारिएका योद्धाहरू अहिलेसम्म पनि अज्ञात अवस्थामा हुनुहुन्छ। यो भेलाले तत्कालीन जनयुद्धका क्रममा बेपत्ता पारिएका योद्धाहरूको अवस्था सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछ। साथै, टुटफुट भएर विभिन्न मोर्चा सम्हालेका माओवादी घटक सम्पूर्ण दलहरूलाई एकैठाउँमा संगठित हुँदै समाजवादी आन्दोलनमा ऐक्यबद्धताका साथ अघि बढ्न जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।