मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २o:२o:oo
Read Time : < 1 मिनेट
प्रदेश

लुम्बिनी  मन्त्रिपरिषदबाट गत वर्षको दायित्व भुक्तानी दिने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२o:oo

लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विभिन्न निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।

लुम्बिनी प्रदेश समसामायिक कर, राजश्व संकलन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणापत्रलाई स्वीकृति प्रदान गर्ने, लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई जग्गा व्यवस्थापनको लागि प्रदेश सरकार मन्त्रिपरिषद्वारा गृह मन्त्रालयमा सिफारिस गरेर पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए ।

बैठकले प्रदेशका केही सचिवको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । डाक्टर ओम अर्याललाई प्यूठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११औं तहका डाक्टर विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने बैठकले निर्णय गरेको छ ।

यस्तै, गत वर्षको दायित्व भुक्तानी दिने बारेमा पनि बैठकले निर्णय गरेको छ । ‘गत वर्ष काम सम्पन्न भएका तर भुक्तानी बाँकी रहेकाको हकमा बैठकले निर्णय गरेर निकास दिएको छ,’ प्रवक्ता तथा मन्त्री पन्थीले भने, ‘काम सम्पन्न भएर पनि भुक्तानी नपाएकाहरुले अब भुक्तानी पाउने छन् ।’