मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ माघ ७ सोमबार
  • Thursday, 13 August, 2026
२o८१ माघ ७ सोमबार १८:३४:oo
Read Time : < 1 मिनेट
समाचार

मधेश प्रदेश सभामा उठ्यो अरूहुलियाले नागरिकता नपाएकाे विषय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ७ सोमबार १८:३४:oo

मधेश प्रदेश सभामा तीन पुस्तादेखि नागरिकता नपाएकी अरूहुलिया देवीको विषय उठेको छ। प्रदेश सभा सदस्य किरण साहले सोमबार सभामा विषय उठाएकी हुन् ।

उनले के कारणले नागरिकता पाउन नसकेको हो सोबारे विषय अनुसन्धान गरेर समस्या समाधान गर्न सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्। ‘उनले तीन पुस्तादेखि नागरिकता पाउन सकेको छैन्, छोराछोरी नाता नातिनीले जन्मदर्ता समेत पाउन सकीरहेको छैन्,’ उनले भनिन्, ‘के कारणले नागरिकता नपाएको हो, अनुसन्धान गरेर समस्या समाधान गर्न आग्रह गर्दछुँ ।’

सप्तरीको राजविराज नगरपालिका– ६ की अरुहुलिया मेहतर ५५ वर्षकी भइन् । नेपाली नागरिकता प्रमाणपत्र छैन । एकल महिला अरहुलियासँग नागरिकता नभएकै कारण उनी सामाजिक सुरक्षा भत्तालगायत सरकारी सेवा–सुविधाबाट वञ्चित छिन् । यति मात्र होइन, अरहुलियासँग नागरिकता नहुँदा छोराबुहारीले समेत नागरिकता पाएका छैनन् । नाति नातिनाको जन्म दर्तासमेत भएको छैन ।