१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format o५:४५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रसिद्धिका लागि गरेको काम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o५:४५:oo

एक दिन राजा भोज गहिरो निद्रामा थिए । उनले सपनामा एक तेजस्वी वृद्ध मानिसलाई देखे । राजाले सोधे, ‘महात्मा, तपाईं को हुनुहुन्छ ? वृद्धले भने, ‘महाराज, म सत्य हुँ र तपाईंको कर्मको वास्तविक रूप देखाउन आएको हुँ । मलाई पछ्याउनुहोस् र आफ्नो कर्मको वास्तविकता हेर्नुहोस् !’

राजा भोज वृद्धको पछि लागे । भोजले धेरै दान, यज्ञ, व्रत, तीर्थयात्रा, कथा–कीर्तन गरिरहन्थे । उनले धेरै पोखरी, मन्दिर, इनार, बगैँचा आदि पनि बनाएका थिए । यी कर्मका कारण राजामा आफूले निकै ठुलो काम गरेको छु भन्ने गर्व थियो । वृद्धका रूपमा आएका सत्यले राजा भोजलाई भोजले बनाएको बगैँचामा लगे । सत्यले त्यहाँका रुखलाई छुनिबित्तिकै ती सबै एक–एक गरी सुके, बगैँचा बन्जर भूमिमा परिणत भयो ।  यो देखेर राजा छक्क परे । त्यसपछि सत्यले राजालाई मन्दिरमा लगे । सत्यले छुनासाथ त्यो मन्दिर पनि भग्नावशेषमा परिणत भयो । सत्यले राजाको यज्ञ, तीर्थ, कथा, पूजा, दान आदिका लागि बनाइएका स्थान, आदिलाई छुनिबित्तिकै ती सबै खरानीमा परिणत भए । यो सब देख्दा राजा आश्चर्यचकित भए ।

सत्यले भने, ‘महाराज ! प्रसिद्धिका लागि गरेको कामले अहंकारको मात्र तुष्टि गर्छ, त्यसबाट धर्म हुँदैन । निःस्वार्थ र कर्तव्यभावले, सच्चा सद्भावनासाथ गरिने कामको परिणाम मात्र पुण्यका रूपमा प्राप्त हुन्छ । र, यो नै पुण्यको वास्तविक रहस्य हो ।’ यति भनिसकेपछि सत्य अन्तध्र्यान भए । राजाको निद्रा पनि खुल्यो । सपनाको घटना सम्झेर राजा गहिरो सोचमा परे । त्यसपछिका दिनमा उनले आफ्नो काम सच्चा सेवाभावका साथ सम्पन्न गर्न थाले । तिनै निःस्वार्थ भावनाले सम्पादन गरिएका कामका आधारमा उनले प्रशस्त ख्याति र धेरै पुण्य कमाए ।