१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format २o:४६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया

ड्रोनबाट यस्तो देखियो नागढुंगा सुरुङमार्ग(भिडियो) 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४६:oo

बहुचर्चित ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग परियोजनाको भौतिक प्रगति करिब ८४ प्रतिशत सम्पन्न भएको छ। जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनले डिसेम्बर २०२० (पुस ०७७) देखि खन्न सुरु गरेको सुरुङको चार वर्षमा ८३.७५ प्रतिशत भौतिक प्रगति भएको हो। आयोजना कार्यालयले तीन साताअघि सार्वजनिक गरेको पछिल्लो प्रगति विवरणले वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको छ। करिब २३ अर्ब लागत रहेको परियोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १७ अर्ब १५ करोड सहुलियत ऋण उपलब्ध गराएको छ। बाँकी पाँच अर्ब ६७ करोड नेपाल सरकारले लगानी गरेको छ। 

ठेक्काको म्याद थप गरेर २५ अक्टोबर २०२५ (८ कात्तिक ०८२) सम्म पुर्‍याइएको छ। यही गतिमा निरन्तर काम गर्न सकेमा ०८२ असोजभित्र परियोजना सञ्चालनमा आउने आयोजनाले जनाएको छ।  

यो प्रविधिबाट सडक लेन कंक्रिट गर्दा ५० वर्षसम्म टिक्ने विश्वास गरिएको आयोजनाका इन्जिनियर रमेश कोइरालाले जानकारी दिए। ‘सम्झौताअनुसार यो प्रविधिको कंक्रिट सडक ३० वर्षसम्म टिक्नुपर्छ । तर, ५० वर्षसम्म टिक्छ भन्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यो प्रविधिमा जापानमा निर्माण गरिएको सुरुङभित्रका सडक लेन ५०–६० वर्षसम्म नै टिकेको पाइएको छ।’

बहुप्रतिक्षीत आयोजना मानिएको सुरुङमार्गको ड्रोनबाट खिचिएको भिडियोः