१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका कपिलवस्तु
Invalid date format २१:१४:oo
Read Time : < 1 मिनेट
समाचार

साथी आवासगृहको भवन निर्माणमा ५० लाख सहयोग गर्ने दातालाई अभिनन्दन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कपिलवस्तु
नयाँ पत्रिका
Invalid date format २१:१४:oo

कपिलवस्तुस्थित साथी आवासगृहको भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाता राजी राज्यलक्ष्मी राणालाई आज तौलिहवामा अभिनन्दन गरिएको छ। उनले साथी संस्थाको आवासगृह निर्माणका लागि जग्गा खरिद र भवन निर्माणार्थ ५० लाख सहयोग गरेकी थिइन्।

कपिलवस्तुस्थित साथी आवासले घरेलु र लैंगिक हिंसा प्रभावित महिला र बालिकालाई आश्रय दिँदै आएको छ। जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्य, साथीकी केन्द्रीय अध्यक्ष सजनी पनेरू अमात्य, संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य तथा साथीकी पूर्वअध्यक्ष बन्दना राणाले दाता राणालाई दोसल्ला ओढाई कदरपत्र प्रदान गरेर सम्मान गरेका हुन्। कार्यक्रममा निर्माणाधीन भवनको नामाकरण प्रभु राजी भवन साथी आवासगृह तौलिहवा कपिलवस्तु लेखेको ताम्रपत्र अनावरण गरिएको छ।

कार्यक्रममा जिसस प्रमुख आचार्यले दाता राणाले नितान्त सामाजिक भावनाले प्रेरित भएर आवासगृहको जग्गा खरिद र भवन निर्माणमा गरेको सहयोगको धन्यवाद व्यक्त गरे। 
राणाले गरेको सहयोगका कारण आवासगृहको स्थायित्वलाई सुनिश्चित गरेको साथीकी केन्द्रीय अध्यक्ष सजनी पनेरू अमात्यले बताइन्। 

कपिलवस्तुमा सञ्चालनमा रहेको आवासगृह स्रोत र सुविधाको अभाव झेल्दै आएको र जिल्लाका सबै सरोकारवालाको सुझावकै आधारमा निरन्तर सेवा प्रवाहमा लागेको संयुक्त राष्ट्रसंघीय सिड कमिटीकी सदस्य तथा साथीकी पूर्वअध्यक्ष बन्दना राणाले भनाइ छ।