१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format २o:४४:oo
Read Time : < 1 मिनेट
समाचार

१८ हजार ८४० चक्की लागुऔषधसहित सुवेदी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:४४:oo

प्रहरीले पोखराबाट ठुलो मात्रामा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका– ८ स्थायी घर भई हाल पोखरा महानगरपालिका– २५ बस्ने २७ वर्षीय रामचन्द्र सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्तकुमार शर्माले बताए। १८ हजार ८४० चक्की लागुऔषधसहित सुवेदीलाई पक्राउ गरेको उनले बताए।

पोखरा– ८, आलुमाइला चोकमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा सुवेदीलाई पक्राउ गरेको हो। उनको ग.१३प ४१५४ नम्बरको स्कुटर रोकी चेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा टेपेनटाजोल लेखिएको सय एमजीका चार सय चक्की फेला परेको थियो।

सोधपुछका क्रममा उनको घरकोठाबाट दुईवटा कार्टुन र एक झोलामा लुकाइछिपाई राखेको अवस्थामा टेनट्राडोल लेखिएको सय एमजीका १७ हजार ७८० चक्की, पोखरा– ४ रामकृष्ण टोलस्थित कोठामा राखेको टेनट्राडोल लेखिएको सय एमजीका दुई सय चक्की र ट्रामोल लेखिएको ४६० चक्की गरी कुल १८ हजार ८४० चक्की लागुऔषध बरामद गरेको शर्माले बताए। सुवेदीलाई प्रहरीले लागुऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट बिहीबार सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।