मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format oo:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

रवि लामिछानेविरुद्ध रुपन्देहीमा बिहीबार अर्काे मुद्दा दायरको तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format oo:३५:oo

कास्की र काठमाडाैंको मुद्दामा धरौटीमा छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध बिहीबार जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दायर हुने भएको छ । बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा पनि उनलाई प्रतिवादी बनाउन लागिएको छ । 

पोखराको सूर्यदर्शन तथा काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा उनी धरौटीमा छुटिसकेका छन्। बुधबार काठमाडौंमा उनी ६० लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। 

रुपन्देहीमा लामिछानेलगायतविरुद्ध पूरक अभियोग दायर हुन लागेको हो। सो सहकारीको ठगीमा मूल अभियोग गत वर्ष नै दायर भइसकेको छ । मूल मुद्दामा लामिछाने प्रतिवादी थिएनन्। 

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलले बिहीबार वा शुक्रबार सुप्रिम सहकारीको मुद्दा अदालतमा दर्ता गरिने बताए । प्रहरीले रविविरुद्ध दुई करोड १० लाख रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ। सरकारले अत्यधिक दमन गरेको आरोप बढेपछि सरकारले उनलाई पक्राउ नगरी आफैँ उपस्थित हुने सुविधा दिएको छ।