मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:o१:oo
Read Time : < 1 मिनेट
समाचार

एचएमपिभी भाइरसबारे स्वास्थ्य मन्त्रालयले अध्ययन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:o१:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ह्युमन मेटाप्न्युमो भाइरस (एचएमपिभी) बारे अध्ययन गर्ने भएको छ। 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भाइरसबारे नेपालका बिरामीमा पहिलोपटक अध्ययन गर्न लागेको जनाएको छ। महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले त्रिवि शिक्षण अस्पताल र कान्ति बाल अस्पतालमा आउने बिरामीको नमुना संकलन गरेर अध्ययन गरिने बताए। 

‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र महाशाखा मिलेर एचएमपिभीको अध्ययन गर्न थालेको छौँ,’ उनले भने, ‘एचएमपिभी इन्फ्लुएन्जासँग मिल्ने भएकाले इन्फ्लुयन्जा नेगेटिभ भएका बिरामीको नमुना संकलन गरेर अध्ययन गरिनेछ।’

मन्त्रालयले आज विज्ञप्ति जारी गरी यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण गराएको छ। उक्त हल्लाको पछि नलाग्न मन्त्रालयले आग्रह गरेको छ।

ह्युमन मेटाप्न्युमो भाइरस नेपालमा नयाँ भाइरस नभई विगतमा पनि देखिएको साधारण रुघाखोकी उत्पन्न गराउने भाइरस हो। यस भाइरसबाट गम्भीर समस्या देखिने जोखिम कम रहेको र यसको संक्रमण सामान्यतः कमजोर प्रतिरक्षा क्षमता भएका व्यक्ति, साना बालबालिका र वृद्ध व्यक्तिमा मात्र हुने सम्भावना रहने महाशाखाका निर्देशक डा. घिमिरेले बताए।