मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

धरौटी बुझाएर रिहा भए रवि लामिछाने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o८:oo

जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका छन्। बैंक जमानत बुझाएर उनी छुटेका हुन्। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो। 

काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालीन सञ्चालकको रूपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो। उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो।

जिल्ला अदालत कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ।