मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १९:५o:oo
Read Time : > 1 मिनेट
अर्थ

ग्लोबल आइएमई लघुवित्तको १२औँ साधारणसभा सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५o:oo

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औँ वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ। 

वित्तीय संस्थाका अध्यक्ष बुद्धि अकेलाले सभामा पेस गरेको आर्थिक वर्ष ०८०-८१ को वार्षिक प्रतिवेदन सभाले छलफलपछि पारित गरेको छ। सभाले लेखापरीक्षकको प्रतिवेदनसहित ०८१ को असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष ०८०-८१ को नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह वितरण, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारणसमेत गर्ने प्रस्ताव पारित गरेको संस्थाका कम्पनीसचिव एवं प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिए।

सभामा अध्यक्ष अकेलाले सेयरधनीहरूबाट आएको प्रश्न, जिज्ञासासँगै सुझावहरूको जवाफ दिँदै हालको विषम परिस्थितिमा समेत संस्थाका वित्तीय सूचकांकहरू अब्बल रहेको र आगामी दिनमा आफ्ना सेयरधनी एवं ग्राहक सदस्यहरूको सर्वोपरि हित हुने गरी कार्य गर्ने प्रतिबद्धता जनाएका थिए।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्थाले देशका ५४ जिल्लामा एक सय २१ शाखा कार्यालयमार्फत एक लाख ५२ हजारलाई वित्तीय सेवा दिइरहेको र नौ अर्ब ६५ करोड कर्जा लगानी गरेको छ।