
नेपाली बजारमा आज (सोमबार) पनि सुनको भाउ बढेको छ । चाँदीको मूल्य भने आज स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेर प्रतितोला छापावाल सुन एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुन प्रतितोला एक लाख ५५ हजार सात रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ भने स्थिर रही एक हजार ८६० रुपैयाँ कायम भएको छ । हिजो पनि चाँदी तोलामा एक हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।