१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 26 June, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
खेलकुद

बागमती प्रदेश खेलकुद परिषदमा ६ सदस्य नियुक्त 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त गरिएको छ। गत मंगलबारको मन्त्रीस्तरीय निर्णयअनुसार परिषदमा ६ जना सदस्य नियुक्त गरिएको हो।

प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले सत्तासाझेदार दल एमाले र कांग्रेसबाट ३-३ जना गरी ६ जना सदस्य नियुक्त गरेकी हुन्। प्रदेशमा विभागीय युवा तथा खेलकुद मन्त्रालय रहे पनि कानुन संशोधन नहुँदा सो मन्त्रालयको अधिकार प्राप्त हुन सकेको छैन। जसका कारण कानुनी व्यवस्थाअनुसार सामाजिक विकासमन्त्री खड्गीले परिषदमा ६ सदस्य नियुक्त गरेकी हुन्। 

खेलकुद संघ संस्था, खेलविज्ञ र अपांगता कोटाबाट सदस्य नियुक्त गरिएको हो। जसमा खेलकुद संघ संस्थाबाट एमालेका तर्फबाट दोलखाकी अन्जना सिवाकोटीलाई, खेलविज्ञका रूपमा ललितपुरकी दीपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठलाई नियुक्त गरिएको छ। 

यस्तै, खेलकुद संघ संस्थाबाट कांग्रेसका तर्फबाट मकवानपुरका अमृत लुङ्वा, खेलविज्ञबाट सविन भट्टाचार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरिएको छ। 

यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए। मन्त्रिपरिषद्ले कांग्रेस र एमालेबाट २-२ जना सदस्य नियुक्त गरेको थियो। कांग्रेसबाट रवि महर्जन, कल्पना खड्का नियुक्त हुँदा एमालेबाट नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो। नियुक्त भएको ४५ दिनसम्म उनीहरूको शपथ हुन सकेको छैन।