१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार २o:३६:oo
Read Time : < 1 मिनेट
समाचार

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो स्पष्टीकरण

सात दिनभित्र चित्तबुझ्दो स्पष्टिकरण पेश गर्न पत्राचार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार २o:३६:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण मागेको छ। मन्त्रालयले सोमबार घिसिङलाई पदीय मर्यादाविपरीत कार्य गरेको र असहयोगी भूमिका खेलेको भन्दै सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न पत्राचार गरेको हो।

यस्ता छन् घिसिङमाथि लगाएका आरोप
–    प्राधिकरणका सञ्चालक समितिका बैठकहरूमा सरकारी निकायको कार्यकारी प्रमुखको हैसियत भुलेर पटक-पटक असहयोगी भूमिका खेल्ने गरेको 
–    सामान्य विषयवस्तुमा समेत विवाद गर्ने गरेको 
–    पदीय मर्यादाविपरीत कार्य गरेको 
–    कार्यसम्पादन सम्झौताअनुरूपको कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण पेस नगरेको  
–    मन्त्रालयले माग गरेको ट्रान्सफर्मर खरिद अनियमितता सम्बन्धमा १५ बुँदे विवरण समयमा उपलब्ध नगराएको, ढिला उपलब्ध गराए पनि अपुरो र मागभन्दा बाहिर गई गोलमटोल जवाफ दिएको 
–    मन्त्रालयले १३ कात्तिकमा ६ बुँदे विवरण माग गरेकोमा वस्तुनिष्ठ र यथार्थपरक जवाफ नपठाएको  
–    डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवाद समाधान गर्न मन्त्रिपरिषद्को निर्देशनबमोजिम गठन भएको प्राविधिक जाँच समितिलाई सहयोग उपलब्ध गराउने एजेन्डामा नोट अफ डिसेन्ट लेखेको ।

छुटाउनुभयो की ?