Skip This
काठमाडौं महानगरका मेयर बिदामा, कानुनी सल्लाहकार र निमित्तले दिए राजीनामा
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ पौष २२ सोमबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २२ सोमबार १६:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरका मेयर बिदामा, कानुनी सल्लाहकार र निमित्तले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २२ सोमबार १६:२o:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बिदामा बसेको वेला निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द शर्मा पौडेलले राजीनामा दिएका छन् । आफ्नो कार्यकाल सकिन लागेको र प्रशासनिक कामको तनाव नलिने भन्दै निमित्त प्रशासकीय अधिकृत शर्माले राजीनामा दिएका हुन् । 

उनी शिक्षा विभागका प्रमुखसमेत हुन् । तर, उनको राजीनामा भने स्वीकृत भएको छैन । मेयर शाहका स्वकीय सचिव भूपदेव शाहले कार्यपालिका बैठकबाट मात्रै राजीनामा पास हुने बताए । ‘उहाँले पहिले नै राजीनामा दिने तयारी गर्नुभएको थियो, तर केही समय बस्नुस् भनेर रिक्वेस्ट गरेका थियौँ, मान्नुभएन,’ उनले भने, ‘अहिले मेयरसाप पनि बिदामा हुनुहुन्छ, राजीनामा दिएपछि प्रशासनिक काम रोकिनु स्वाभाविक हो, अब एक साताभित्र प्रशासकीय अधिकृतबारे टुंगो लाग्नेछ ।’

शर्मालाई ९ पुसदेखि निमित्त तोकिएको थियो भने काठमाडौं भ्यु टावरको कानुनविपरीत नक्सापास गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कारबाहीमा परेका थिए । उनीमाथि छानबिन गर्न गठन गरिएको छानबिन समितिका संयोजकसमेत रहेका महानगरका कानुनी सल्लाहकार शेखरकुमार पौडेलले राजीनामा दिएका छन् ।