१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १७ बुधबार १७:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इप्पानले रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १७:३९:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पिजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ।

आगामी माघ ४ गते मेरियट होटेल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पिजे क्लबबिच समझदारी-पत्रमा हस्ताक्षर भएको हो। फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधबार इप्पान अध्यक्ष गणेश कार्की र पिजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेबिच सम्झौतापत्र आदानप्रदान भएको छ।

इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आवद्ध ऊर्जा उत्पादक कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पुर्‍याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पानका अध्यक्ष कार्कीले जानकारी दिए।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पिजे क्लबका अध्यक्ष काफ्लेले बताए। जसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएको फोटोलाई पिजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ। यसमा आउने तस्बिरहरूबाट उत्कृष्ट प्रथम, द्वितीय र तृतीय हुने तस्बिरलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ।

अर्कोतर्फ पिजे क्लबकै अगुवाइमा इप्पानमा आबद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजनाहरूको तस्बिर संकलन गरेर प्रदर्शनीमा राखिनेछ। पिजे क्लबले संकलन गरेका तस्बिरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुनेछैनन्। ती तस्बिरहरू इप्पानको सम्पत्ति मात्रै हुने बताइएको छ।

प्रतियोगितामा भाग लिनको लागि यही पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्नेछ। त्यस्तै, रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो–वृत्तचित्र प्रतियोगितासमेत आयोजना गरिएकाले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ। त्यसको लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने बताइएको छ।