१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
मुख्य समाचार डिजिटल संस्करण

देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

एमालेको कारबाहीमा परेका डा. भीम रावलले वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरेका छन्। एमालेले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि डा. रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेका हुन्।

मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जनताको हक र हितका लागि सबै देशभक्त, इमानदार शक्ति एकताबद्ध हुनुपर्ने भन्दै रावलले स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अघि बढाउन आह्वान गरेका छन्।

राजनीतिक दल र सिद्धान्त देशको सर्वोपरी हित पूरा गर्ने माध्यम र साधन मात्रै भएको भन्दै उनले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा जोडिन छरिएर रहेका शक्तिहरूलाई आह्वानसमेत गरेका छन्।

‘राजनीतिक दल, सिद्धान्त देशको सर्वोपरी हित पूरा गर्ने माध्यम र साधन मात्रै हुन्। देश सबैभन्दा माथि हुन्छ भन्ने धारणालाई बलियो गरी अवलम्बन गर्नुपर्छ । राजनीतिक दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित, परिचालित र सञ्चालित हुनुपर्छ । यसका लािग विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थ रूपमा दृढताका साथ अगाडि बढ्नुपर्छ । यस्ता मान्यताहरूका आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ,’ रावलले भने।