१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 05 July, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलक्षित रावलको व्यंग्य कविता– सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o६:oo

नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई व्यंग्य गर्दै कविता वाचन गरेका छन्। साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निकालेपछि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले कवितामार्फत ओलीलाई विभिन्न प्रश्न गरेका छन्।

सिद्धान्त र उद्देश्य सोध्दा कारबाही गरेको, सत्ताको मोहमा रमाएको, जनतालाई गुमराहमा राखेको, बेलगाम भ्रष्ट आचार देखाएको, सामूहिक पार्टीलाई एकलौटी बनाएकोजस्ता विषयमा रावलले ओलीलाई कटाक्ष गरेका छन्।

यस्तो छ पत्रकार सम्मेलनमा रावलले वाचन गरेको कविता :
सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
सत्य र तथ्य घोच्दछ तिम्लाई, के भयो भन न
के दियौ देशलाई घरिना हुँदा कुरा त सुन न

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भन न भन, तृप्ति तिम्लाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृत्य असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो ?
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै भो

यहाँ मातृभूमि चीत्कार गर्छिन्, अट्टाहास गर्दछौ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ
शक्तिको उन्माद सबैलाई अब खर्लप्प खानेछ ।