१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १७ बुधबार
  • Friday, 06 June, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष १७ बुधबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली गुटले शत्रुवत् व्यवहार गर्‍याे : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष १७ बुधबार १३:५o:oo

एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका नेता डा. भीम रावलले नेतृत्वको गुटको कुत्सित मनसायका कारण आफूमाथि कारबाही भएको बताएका छन्। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले अत्यन्त कठिन परिस्थितिमा समेत संगठन निर्माण र विस्तारमा लागेको स्मरण गर्दै नेतृत्वको शत्रुवत् व्यवहारका कारण कारबाहीमा परेको बताएका हुन्।

‘विभिन्न समयमा पार्टीमा उत्पन्न समस्या समाधान गर्न र विभाजनलाई रोक्न भूमिका निर्वाह गर्ने, अत्यन्त कठिन स्थितिमा स्वदेश र प्रवासमा पार्टी संगठन निर्माण तथा विस्तारको काम गर्ने, शान्ति प्रक्रिया र संविधान निर्माणलगायतका जटिल र कठिन कामहरूमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने, राष्ट्रिय स्वाधीनता स्वाभिमान, जनताको हितलाई सर्वोपरी राख्दै सिद्धान्त, आदर्श र इमानदारीलाई आत्मसात् गर्नेलाई सदस्यबाटै निकाल्ने कामले नेतृत्व गुटको कुत्सित मनसायलाई छर्लंग पार्दैन र ?’ उनले भने।

अध्यक्ष केपी ओली नेतृत्वको गुटले भीम रावललाई भेट्नेको नम्बर काट्ने र योजना नदिने प्रचार गराएका आरोप लगाउँदै रावलले पार्टी जिल्ला कमिटीको बैठकमा समेत आफूलाई नबोलाई शत्रुवत् व्यवहार गरिएको बताए।

‘एकल र सर्वसम्मत सिफारिस भएर पनि प्रतिनिधिसभाको सदस्यको उम्मेदवारबाट बन्चित गर्ने, निर्वाचित सदस्य रहेको वेला अछाम जिल्ला कमिटीको बैठकमा नबोलाउने, भीम रावललाई भेटेमा नम्बर काटिन्छ, योजना पाइँदैन भनी प्रचार गर्ने, पार्टीका कार्यक्रममा सहभागी हुन नदिनेजस्ता शत्रुवत् व्यवहार तपाईं केपी ओली नेतृत्व गुटको निर्देशनमा नै भएका होइनन् र !,’ रावलले भने।
 

छुटाउनुभयो की ?