मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

मधेश प्रदेशमा दर्ता भएका सबै सवारीसाधनमा शतप्रतिशत जरिवाना कर छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

यातायात व्यवस्था कार्यालय वीरगन्जले सबै प्रकारका सवारीसाधन कर र नवीकरण दस्तुर जरिवानामा शतप्रतिशत छुट दिएको छ । कार्यालयले मंगलबार सूचना जारी गर्दै मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम सवारी कर र नवीकरण दस्तुरको जरीवाना शतप्रतिशत छुट भएको जनाएको हो । 

गत १९ मंसिरमा मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०८१ बमोजिम जरीवाना छुट गर्न राजपत्रमा प्रकाशित भएको कार्यालयका लेखा अधिकृतले जारी गरेको सुचनामा उल्लेख छ ।  

सुचनाअनुसार सवारी तथा यातायात व्यवस्था ऐन २०८१ को दफा ३५ को उपदफा (४) मा व्यवस्था भए बमोजिम यस प्रदेशमा दर्ता भएका सबै प्रकारको सवारीमा शतप्रतिशत छुट गरिएको अवस्था छ ।