मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
रासस वीरगञ्ज
Invalid date format २२:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद

एन्फाले ए डिभिजन लिग फुटबल क्लबलाई कम्पनी मोडलमा लैजाँदै

Read Time : < 1 मिनेट
रासस, वीरगञ्ज
नयाँ पत्रिका
Invalid date format २२:३७:oo

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ए डिभिजन लिग फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्ने योजना बनाएको छ । सङ्घ क्लब मोडलमा रहेका क्लबलाई आर्थिक रूपमा सबल र सक्षम बनाउनका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेर अघि बढाउने तयारीमा जुटेको हो ।

सङ्घका महासचिव किरण राईले ए डिभिजन लिग खेल्ने फुटबल क्लबलाई कम्पनी मोडलमा अघि सार्न ढिला गर्न नहुने बताए । विरगंन्जमा आयोजित भेट्रान्स सिटी क्लब वीरगञ्जको आठौँ वार्षिक साधारणसभामा उनले नेपालका फुटबल क्लबलाई व्यावसायिक रूपमा अघि बढाउन पनि कम्पनी मोडलमा लैजानुपर्नेमा जोड दिए । ‘नेपालका डिभिजन लिग खेल्ने फुटबल क्लबहरू अहिलेसम्म व्यावसायिक रूपमा सञ्चालन हुन सकिरहेका छैनन् । अधिकांश क्लब भावनात्मक लगानीका आधारमा चल्दै आइरहेका छन्,’, महासचिव राईले भने, ‘जबसम्म क्लबहरू व्यावसायिक बन्दैनन्, तबसम्म राम्रा खेलाडी उत्पादन गर्न पनि सकिँदैन ।’

उनले अबदेखि एन्फाले फुटबल एकेडेमी सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने तयारी गरिरहेको जानकारी दिए । ‘अब एन्फा एकेडेमी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगिसकेको छ । निजी क्षेत्रबाटै एकेडेमी सञ्चालन गरेर खेलाडी उत्पादन गर्ने र खेलाडीको बिक्री गर्ने प्रचलन पनि ल्याउनेछौँ ।’ 

कार्यक्रममा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पालिकाले पनि खेलकुदका पूर्वाधार र गतिविधिमा लगानी गर्दै आएको बताए । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले महानगरले खेलकुद क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताए ।