मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format २o:३२:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघ उदयपुरको अध्यक्षमा पोखरेल निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३२:oo

नेपाल पत्रकार महासंघ उदयपुर शाखाको अध्यक्षमा भक्तिविलास पोखरेल निर्वाचित भएका छन्। पोखरेल प्रेस युनियन र चौतारीको संयुक्त प्यानलबाट उम्मेदवार बनेका थिए। प्रेस युनियनका पोखरेल ६० मतसहित निर्वाचित भएका हुन्। 

उनका प्रतिस्पर्धी प्रेस सेन्टरका भोटराज राईले ४२ मत मात्र प्राप्त गरेका छन्। यस्तै, संयुक्त प्यानलबाट उपाध्यक्षमा विश्वराज तामाङ र महिला उपाध्यक्षमा रेवती पराजुली निर्विरोध निर्वाचित भएका थिए। तामाङ युनियनका हुन् भने पराजुली प्रेस चौतारीका हुन्।

सचिवमा प्रेस चौतारीका तुलसीप्रसाद कोइराला ६६ मतसहित निर्वाचित भएका छन्। खुला सहसचिवमा देवराज राई ६७ मतले निर्वाचित भए भने समावेशी सहसचिवमा रन्जु दनुवार ६७ मतसहित निर्वाचित भएकी छिन्। कोषाध्यक्षमा पुरुषोत्तम सापकोटा ५७ मतसहित निर्वाचित भएका छन्।