१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका संखुवासभा
Invalid date format १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, सचिवमा गुरुङ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:४३:oo

नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् भने सचिवमा नयाँ पत्रिकाकर्मी नवीन गुरुङ निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिश विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। 

यसैगरी, सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईं निर्वाचित भएका छन्। प्रदेश परिषद् सदस्यमा गंगा विष्ट, समीक्षा मगर, माधव सुवेदी र ध्यानबहादुर राई निर्विरोध निर्वाचित भए। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन्।