Skip This
पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, सचिवमा गुरुङ विजयी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ मङ्सिर २९ शनिबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका संखुवासभा
२o८१ मङ्सिर २९ शनिबार १९:४३:oo
Read Time : < 1 मिनेट
समाचार

पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्षमा शाक्य, सचिवमा गुरुङ विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संखुवासभा
नयाँ पत्रिका
२o८१ मङ्सिर २९ शनिबार १९:४३:oo

नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको अध्यक्ष पदमा कृष्णराज शाक्य निर्वाचित भएका छन् भने सचिवमा नयाँ पत्रिकाकर्मी नवीन गुरुङ निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिका लागि शुक्रबार सम्पन्न निर्वाचनमा कार्यसमितिको उपाध्यक्षमा मेघराज तामाङ, सहसचिव खुला दुर्गामणि पौडेल,समावेशी सहसचिव सुजन बज्राचार्य र कोषाध्यक्षमा अनिश विष्ट निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत पदम अधिकारीले जानकारी दिए। 

यसैगरी, सदस्यमा सुरेन शाक्य, खेवाहाङ मेवाहाङ, दुर्गाबहादुर कटुवाल र जनक चापागाईं निर्वाचित भएका छन्। प्रदेश परिषद् सदस्यमा गंगा विष्ट, समीक्षा मगर, माधव सुवेदी र ध्यानबहादुर राई निर्विरोध निर्वाचित भए। यस्तै, केन्द्रीय परिषद् सदस्यमा मोहनकुमार राई निर्विरोध निर्वाचित भएका छन्।