मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १८:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा नयाँ पत्रिकाकर्मी भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३o:oo

नेपाल पत्रकार महासंघ कपिलवस्तुको अध्यक्षमा डिलाराम भुसाल चयन भएका छन्। प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशीलको गठबन्धनलाई पाखा लगाउँदै प्रेस सेन्टरका भुसाल अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रतिस्पर्धी उम्मेदवार पार्वती पाण्डेलाई ३ मतान्तरले पराजित गर्दै भुसालले अध्यक्ष पदमा विजय हासिल गरेका हुन्। भुसालले ४२ मत प्राप्त गर्दा पाण्डेले ३९ मत प्राप्त गरिन्।

नयाँ पत्रिकाकर्मी भुसाल महासंघको पूर्वअध्यक्षसमेत हुन्। निर्वाचित भएपछि उनले पत्रकारहरूको हकहितका मुद्दालाई प्राथमिकतामा राख्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए।

महासंघ कपिलवस्तु जिल्लाका अन्य पदहरूमा प्रेस युनियन, प्रेस चौतारी र प्रगतिशिलको गठबन्धनका साझा उपाध्यक्ष उम्मेदवार खगप्रसाद चापागाईं, सचिवमा सनिउल्लाह धोबी तथा कोषाध्यक्षमा मोहन बेल्वासे निवार्चित भएका छन्।