मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:o५:oo
Read Time : < 1 मिनेट
समाचार

बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गर्छौँ : श्रेष्ठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:o५:oo

पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिआरआई  प्रारूप सहकार्य सम्झौताको स्वागत गर्ने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चाओसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन्। 

ग्लोबल साउथ एकेडेमिक्स फोरममा सहभागी हुन चीन पुगेका पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ र लिउबिच  चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा भेटवार्ता भएको हो। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा हस्ताक्षर भएको बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गर्दै यसको कार्यान्वयनमा जोड दिएका छन्। ‘हाम्रो पार्टी प्रतिपक्षमा रहे पनि राष्ट्रिय हितका मुद्दामा हामी सबै एक ठाउँमा छौँ। बिआरआईमा सम्झौता हुनु हाम्रा लागि पनि खुसीको कुरा हो। प्रधानमन्त्रीको चीन भ्रमण यस सन्दर्भमा सफल भएको सुन्दा हामी खुसी छौँ,’ श्रेष्ठको भनाइ उदृत गर्दै उनीसँगै रहेका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले भने।

बिआरआईमा अघिल्लो सरकारले गरेको प्रयासप्रति चिनियाँ नेताले सराहना गरेका थिए। चिनियाँ नेता लिउले प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच चीनमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धको भावी विकासको दिशा तय गरेको जानकारी दिएका थिए। नेपालप्रति चीनले सधैँ मैत्रीपूर्ण नीति अबलम्बन गरेको र बिआरआई कार्यान्वयन गर्दै पारस्परिक हित सुदृढ गर्ने गरी नेपालसँग काम गर्ने इच्छा राखेको बताएका थिए। 

चिनियाँ कम्युनिस्ट पार्टीद्वारा जारी प्रेस नोटअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रसँग मैत्रीपूर्ण आदानप्रदान तथा राजनीतिक आदानप्रदान सुदृढ गर्न, पार्टी व्यवस्थापनका अनुभव आदानप्रदान गर्न र दुई दलबिच सहयोग र सहकार्यको स्तर बढाउन इच्छुक रहेका लिउले बताएका थिए। उनले सबै दलहरूसँग मित्रतालाई निरन्तरता दिन चाहेको पनि उल्लेख गरे।