मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १८:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

बागमती सरकारलाई जनचाहनाअनुसार काम गर्न दलीय संयन्त्रको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१४:oo

सत्तासाझेदार दलहरू एमाले र कांग्रेस सम्मिलित बागमती प्रदेशस्तरीय दुईदलीय संयन्त्रले बागमती प्रदेश सरकारलाई जनचाहनाअनुसार काम गर्न निर्देशन दिएको छ। आइतबार काठमाडौंमा बसेको संयन्त्रको बैठकले यसअघि प्रदेश सरकारले गरेका निर्णय र सम्झौताहरूलाई पनि यथाशीघ्र कार्यान्वयन गर्न भनेको छ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले गत ११ र १२ असोजमा अविरल वर्षासँगै आएको बाढीपहिरोले प्रदेशका जिल्लाहरूमा पुर्‍याएको क्षतिको विवरण संकलन गरी पुनर्निर्माण र विस्थापितलाई पुनर्स्थापनाको लागि आवश्यक बजेट व्यवस्थापन गर्न निर्देशन दिएको संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए। 

यसैगरी, संयन्त्रको बैठकले प्रदेशमा बाँकी रहेका राजनीतिक नियुक्तिहरूमा दुई दलको आपसी सहमतिमा टुंग्याउन पनि निर्देशन दिएको छ। यस्तै, प्रदेशभित्र देखिएका समस्याग्रस्त सहकारीहरूको पहिचान गरी ती सहकारीका समस्या समाधानमा चासो दिन प्रदेश सरकारलाई निर्देशन दिएको सचिव नेपालले बताए।

बैठकमा कांग्रेसको तर्फबाट सभापति बानियाँसहित, मुख्यमन्त्री बहादुरसिं लामा र उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट प्रदेश इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल र संसदीय दलका नेता जगन्नाथ थपलियाको सहभागिता रहेको थियो।