१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १९:५५:oo
Read Time : > 1 मिनेट
खेलकुद

आइटिएफ जे–३० टेनिस : नेपालका हाडा र थापा अन्तिम चारमा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

पोखरामा जारी आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० अन्तर्गत सर्किट १ को प्रतिस्पर्धामा नेपालका आरभ सम्राट हाडा र सुनिरा थापा क्रमशः ब्वाइज र गर्ल्स सिंगल्सतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत बिहीबार सम्पन्न खेलमा हाडाले दोस्रो वरीयता प्राप्त भारतका खेलाडी आदित्य मोरलाई ३–६, ६–४ र ६–३ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। यसैगरी छैटौँ वरीयता प्राप्त नेपालकी थापाले तेस्रो वरीयता प्राप्त भारतकी अरजान खोराकी वालालाई ६–१, २–६ र ६–३ को सेटमा पराजित गरेकी हुन्।

प्रतियोगिताअन्तर्गत ब्वाइजतर्फ अस्ट्रेलियाका प्रतीक नवीनले विश्वका शीर्ष वरीयताका जापानका रिकु हिगासिकोलाई ६–३, ६–३ को सोझो सेटमा स्तब्ध पारे। आठौँ वरीयता प्राप्त चीनका हैनुओ गुओले भारतका शौर्य सामालालाई ७–५, ६–२ र सातौँ वरीयता प्राप्त भारतका आश्रव्य मेहराले चौथो वरीयता प्राप्त भारतका ओजस मेहलाबतलाई ४–६, ६–२ र ६–० को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्।

गर्ल्सतर्फ शीर्ष वरीयता प्राप्त भारतकी महिका खन्नाले भारतकी रित अरोरालाई टाइब्रेकरमा ७–६(५), ६–७(७) र ६–४ ले, दोस्रो वरीयता प्राप्त मंगोलियाकी मार्ता चोग्सोमजबले पाँचौँ वरीयता प्राप्त भारतकी दिशा बेहेरालाई ६–४, ६–० ले र भारतकी सगुन कुमारीले दोस्रो वरीयता प्राप्त भारतकी सयेटे बराडकरलाई ६–०, ६–४ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाइन्।

ब्वाइज डबल्सतर्फ शीर्ष वरीयता प्राप्त भारतका ओजस मेहलाबत र अधिराज ठाकुरकोजोडीले तेस्रो वरीयता प्राप्त भारतका प्रवीर मुकेश चावडा र जापानका रिकु हिगासीलाई ६–४, ६–७(३) र १३–११ पराजित गर्दा अर्कोखेलमा दोस्रो वरीयता प्राप्त भारतका आदित्य मोर र प्रकाश सरनले चौथो वरीयता प्राप्त भारतका आरब चावला र आश्रव्य मेहराको जोडीलाई ७–५ र ६–३ ले पराजित गदै फाइनमा स्थान बनाएका छन्।

गर्ल्सतर्फ शीर्ष वरीयता प्राप्त भारतकी महिका खन्ना र एन्जल पटेलले नेपालकी स्वस्तिका विष्ट भारतकी अपरा खण्डारेको जोडीलाई ३–६, ६–४ र १०–३ ले पराजित गर्दा अर्को खेलमा तेस्रो वरीयता प्राप्त भारतकी दिशा बेहेरा र अरजान खोराकी वालाले  मंगोलियाकी मार्ता चोग्सोमजब र भारतकी  सयेटे बराडकरलाई ७–६(४) र ६–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे।