१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका ताप्लेजुङ
Invalid date format १८:२४:oo
Read Time : < 1 मिनेट
खेलकुद

कञ्चनजंघा आमन्त्रण फुटबल : फाइलनमा सुनसरी र इलाम भिड्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, ताप्लेजुङ
नयाँ पत्रिका
Invalid date format १८:२४:oo

ताप्लेजुङमा जारी दोस्रो कञ्चनजंघा (सेसेलुङ) अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको फाइनलमा इलामको रेड डेभिल्स फुटबल क्लब र धरान सुनसरीको गोधूलि फुटबल क्लब भिड्ने भएका छन्  

आज भएको दोस्रो सेमिफाइलन खेलमा न्यू स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै रेड डेभिल्स फुटबल क्लब इलाम फाइनलमा पुगेको छ। यसअघि नै गोधूलि फुटबल क्लब फाइनलमा पुगिसकेको छ।

बिहीबार न्यू स्टार फुटबल क्लब झापा र रेड डेभिल्स फुटबल क्लब इलामबिच भएको खेलमा निर्धारित ९० मिनेट दुवै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

प्रतियोगिताको उपाधिका लागि अब रेड डेभिल्स फुटबल क्लब र गोधूलि फुटबल क्लब शनिबार फाइनलमा खेल्ने भएका छन्। प्रतियोगिताका विजेताले तीन लाख दुई हजार ८१ रुपैयाँ तथा उपविजेताले एक लाख ५१ हजार ८१ रुपैयाँ प्राप्त गर्नेछन्।