मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडौं
Invalid date format १२:o९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जनकपुरको लगातार तेस्रो जित, पोखराको दोस्रो हार

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:o९:oo

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालेको छ। बिहीबार पोखरा एभेन्जर्सलाई सात विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको पोखराले सात विकेटको क्षतिमा १३९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको जनकपुरले १७.१ ओभरमा मात्र तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेकाे हाे। लिगमा जनकपुरले लगातार तेस्रो जित निकाल्दा पोखराले दुवै खेलमा हार व्यहोरेको छ।

यसअघि पोखरा चितवनसँग पराजित भएको थियो। जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई हराएको थियो। जनकपुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा आठ चौका प्रहार गरे। आसिफ शेखले ३४ बलमा ३३ रनको योगदान गरे। आक्रामक बनेका जिमी निसमले २९ बलमा पाँच छक्कासहित अविजित ४० रन बनाए।

यसअघि पोखराका लागि मार्क्स क्रिचलीले ३० बलमा सर्वाधिक ३५ रन बनाएका थिए। आन्द्रेस गोसले २०, रेमन रेइफरले १७ बनाउँदा  लिस्क माइकलले २५ रन बनाएका हुन् । हर्ष ठाकरले १३ रनमा अविजित रहे । 

बलिङतर्फ जनकपुरका लागि स्पिनर ललित राजवंशीले चार ओभरमा तीन विकेट लिए । जिमी निसमले दुई विकेट लिएका हुन्। किसर महतो र मोहम्मद होमसिनको नाममा एक विकेट रह्यो । 

आज नै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाज भिड्दै छन्।