१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 17 May, 2025
पोखराविरुद्ध विकेट लिएपछि सेलिब्रेसन गर्दै चितवनका सोहेल तनविर । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:४५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल प्रिमियर लिग २०२४ : तनविर र रिजनको बलिङमा पोखरा धराशायी

एक सय ६२ रन लक्ष्य पछ्याएको पोखरा १३.२ ओभरमा ७४ रनमै अलआउट

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:४५:oo

पाकिस्तान फास्ट बलर सोहेल तनविर र नेपालका रिजन ढकालले घातक बलिङको सहयोगमा मंगलबार नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनको फराकिलोअन्तरले पराजित गरेको छ । अक्सनमा सबैभन्दा महँगो टोली पोखराले एक सय ६२ रन लक्ष्य पछ्याउँदा १३.२ ओभरमा ७४ रनमा समेटिएको थियो । चितवनले लगातार दोस्रो खेलमा जित निकाल्दा तनविरको साथ पायो । 

यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजलाई हराउँदा तनविरले पाँच विकेट लिएका थिए । त्रिवि क्रिकेट मैदानमा चितवनले पहिलो ब्याटिङ गरी एक सय ६१ रनको योगफल खडा गरेको थियो । चितवनका कप्तान कुशल मल्लले ३८ रन तथा इंग्ल्यान्डका रवि बोपाराले ३८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । 

तनविर र रिजनले लिए एकै ओभरमा समान तीन विकेट
पोखराले एनपिएलको आफ्नो पहिलो खेलमै चुनौतीपूर्ण लक्ष्य पाएको थियो । पोखराविरुद्ध तनविर र रिजनले एकै ओभरमा समान तीन विकेट लिए । इनिङ्सको पहिलो ओभरमै तनविरले तीन विकेट लिएर सनसनी मच्चाए । उनले ०.१ ओभरमा ओपनर कुशल भुर्तेललाई बोपाराबाट क्याच समात्न लगाए । तनविरले ०.५ ओभरमा विकेटकिपर ब्याट्सम्यान दिलीप नाथलाई दीपक बोहराबाट क्याचआउट गराए । ०.६ ओभरमा तनविरले नेदरल्यान्ड्सका अनुभवी ब्याट्सम्यान डी लिड्सलाई पनि क्याचआउट गरे । पहिलो ओभरको समाप्तिसम्म पोखराले तीन विकेट गुमाएर चार रन मात्र बनायो ।

इनिङ्सको पहिलो ओभरमै धरमराएको पोखराले तेस्रो ओभर पनि तीनै विकेट गुमाउन पुग्यो । यसपटक रिजनले एकै ओभरमा रिजनले तीन विकेट लिएका हुन् । उनले ३.१ ओभरमा दिनेश खरेल, ३.४ ओभरमा करण ठगुना र ३.६ ओभरमा लिआक्सको विकेट लिँदै पोखरालाई ७–६ को दयनीय अवस्थामा राखे । तनविर र रिजनले आ–आफ्नो ओभरमा समान तीन विकेट लिएका कारण एनपिएलकै महँगो टोली पोखरा खेलमा फर्कन सकेन । 

तनविरले तीन ओभरमा एक मेडन राखी ६ रन खर्चे । रिजनले ३ ओभरमा एक मेडन राखी १० रन खर्चिएका थिए । खेलमा रिजन म्यान अफ दी म्याच भए । तनविरले सन् २००८ मा राजस्थान रोयल्सबाट इन्डियन प्रिमियर लिग तथा सन् २००९ मा पाकिस्तानबाट आइसिसी टी–२० विश्वकप जितेका थिए । 

पोखराका चार खेलाडीका शून्य रन
एनपिएलको सबैभन्दा कम योगफलमा समेटिएको पोखराका चारमध्ये तीन खेलाडी शून्य रनमा आउट भए । एक खेलाडी शून्य रनमा नटआउट भए । ओपनर कुशल, बास डी लिड्स र माइकल लिआस्क डकआउट भएका थिए । सागर ढकाल शून्य रनमा नटआउट भए । कमजोर ब्याटिङमा पोखराका लागि नारायण जोशीले सर्वाधिक ३० रनको योगदान दिए । उनले २४ बलमा तीन चौका प्रहार गरे । मार्कोसले १६ बलमा १७ रन बनाए । पोखराले सातौँ विकेटका लागि मार्कोस र नारायणबिच ३० रनको साझेदारी भएको थियो । यसअघि पहिलो ब्याटिङ गरेको चितवनको सुरुवात कमजोर भए पनि मध्यक्रमबाट गतिलो साथ पायो । चितवनका लागिबोपाराले ३८ बलमा समान तीन चौका र छक्का प्रहार गरी ५१ रनको योगदान दिए । कुशलले २३ बलमा चार छक्का र एक चौकाको मद्दतमा ३८ रन बटुले ।

पहिलो खेलमै चम्के सुदूरपश्चिमका कप्तान ऐरी
आइसिसी टी–२० अलराउन्डर वरीयताको दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी आफ्नो पहिलो खेलमै चम्कँदा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । सुदूरपश्चिमले पहिलो जित निकाल्दा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिमले पहिलो ब्याटिङ गरी सात विकेटको क्षतिमा एक सय ८२ रन बनायो । प्रत्युत्तरमा विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनायो । सुदूरपश्चिमको जितमा म्यान अफ दी म्याच दीपेन्द्रसिंहले आक्रामक ब्याटिङ गरेका थिए । उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरी सर्वाधिक ५७ रन बनाए । सो इनिङ्समा ब्रान्डोन म्याककुलेमले २६ बलमा ३६ रन जोडेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा विराटनगरका लागि बसिर अहमदले २४ रन तथा राजेश पुलामीले १५ रन बनाए । पुछारका खेलाडी अनिल खरेलले १० रन बनाउँदा आठ ब्याट्सम्यानले दोहोरो रनै बनाएनन् । सुदूरपश्चिमका स्कट कुगेलेजिनले ३० रन खर्चेर तीन तथा अभिनाश बोहोराले १७ रन दिएर तीनै विकेट हात पारेका थिए ।