मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 15 July, 2025
Invalid date format २१:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक

मंसिर मसान्तभित्र सबै जिल्लामा संयन्त्रको बैठक सम्पन्न गर्ने निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३४:oo

लुम्बिनी प्रदेशमा एमाले, कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ। एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेका कामको बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गरेका थिए।

एमाले–कांग्रेस संयुक्त सरकारले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँचवर्षे रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको  जिकिर मुख्यमन्त्री आचार्यले गरेका थिए। यस्तै, बैठकमा संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए।

बैठकमा कांग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू संकलन गर्ने निर्णय गरेको छ।

यस्तै, २० मंसिरमा एमाले-कांग्रेस  संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ। भेलामा कांग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन्।

एमाले–कांग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन्। यस्तै, कांग्रेसबाट संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र  विष्णु खनाल मुस्कान रहेका छन्।