Skip This
भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:३३:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

भारतीय सेनाध्यक्ष नेपाली सेनाका मानार्थ महारथी

जंगी अड्डामा दुई सेनापतिबिच वार्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:३३:oo

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेका छन् । बिहीबार शीतलनिवासमा आयोजित विशेष समारोहमा पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दज्र्यानी चिह्न, खड्‍ग तथा प्रमाणपत्र प्रदान गरेका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी ओली, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, नेपाली सेनाका पूर्वप्रधानसेनापतिहरू, राष्ट्रपतिको कार्यालय, रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका सचिवहरू, नेपालका लागि भारतीय राजदूत र विभिन्न मुलुकका सैनिक सहचारी सहभागी थिए ।

दुई सेनाबिच प्रधानसेनापतिहरू एक–अर्को सेनाको मानार्थ महारथी रहने परम्पराअनुसार नवनियुक्त भारतीय सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ दज्र्यानी प्राप्त गरेका हुन् । द्विवेदी १६ असारमा भारतीय स्थलसेनाका सेनाध्यक्ष नियुक्त भएका थिए । उनीअघिका सेनाध्यक्ष मनोज पाण्डेसहित अधिकांश भारतीय सेनाध्यक्षले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लगाइसकेका छन् । नेपालबाट पनि अधिकांश प्रधानसेनापतिले भारतीय सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्राप्त गरिसकेका छन् । प्रधानसेनापति सिग्देलले भारतीय सेनाको मानार्थ महारथीबाट सुशोभित हुन बाँकी छ ।

‘नेपाल–भारतबिचको अनुपम सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक र मित्रवत् सैनिक सम्बन्धको निरन्तरता स्वरूप दशकौँदेखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रही आएको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

द्विवेदीले बिहीबार नेपाली समकक्षी अशोकराज सिग्देलसँग जंगी अड्डामा द्विपक्षीय औपचारिक वार्ता गरेका छन् । प्रधानसेनापति सिग्देलसँग जंगी अड्डामा भएको भेटवार्तामा दुई सेनाबिच आपसी हित, पारस्परिक सम्बन्ध र सहकार्यबारे छलफल भएको सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए । ‘सो अवसरमा एकअर्का देशका सेनाध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परालाई निरन्तरता दिने सम्बन्धमा समेत छलफल भयो,’ प्रवक्ता केसीले भने, ‘दुई सेनाको यो विशिष्ट परम्परा कायम राख्नुपर्छ भन्नेमा दुवै प्रधानसेनापतिज्यू सहमत हुनुभएको छ ।’

भारतीय सेनाध्यक्ष भएका द्विवेदीको यो पहिलो विदेश भ्रमण हो । बुधबार काठमाडौं आएलगत्तै उनले पशुपतिनाथको दर्शन गरेका थिए । सेनाध्यक्ष द्विवेदीले शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।