१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कैदीसँग डेढ लाख घुस लिएका कारागार प्रशासकलाई ६ महिना कैद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

कारागारमा कैद भुक्तान गरिरहेका कैदीसँग घुस लिएका कारागार प्रशासक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार कारागार कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का कारागार प्रशासक विनोदकुमारदत्त कर्णलाई सजाय सुनाइएको हो।

घुस मागिरहेको उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगले उनलाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानपश्चात् यसै वर्ष १६ साउनमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला भएको हो। विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले यो निर्णय सुनाएको हो।

कर्णले नकबजनी चोरी मुद्दामा कैद भुक्तान गरिरहेका चौकीदारसँग घुस मागेका थिए। उनलाई चौकीदारबाट हटाउने र अन्य सुविधा नदिने तथा कैदकट्टा र माफी मिनाहाका लागि सिफारिस नगरिदिने तथा अन्य विभिन्न कार्यमा सहजीकरण नगरिदिने भन्दै घुस मागिरहेको उजुरी अख्तियारमा परेको थियो।

यो कुरा विशेषमा पुष्टि भए पनि अन्य अभियोग दाबीमा भने प्रमाण नपुगेको फैसलामा उल्लेख छ। कर्णलाई १ लाख ३१ हजार रुपैयाँ बराबरको दान दातव्यसमेत दिएको दाबी ती कैदीले गरेका थिए।

पटक-पटक गरी जुत्ता, टेलिभिजनजस्ता महँगा सामग्री आफूले कर्णलाई खुसी पार्न दिनुपरेको ती कैदीको भनाइ थियो। यद्यपि, यो दाबी अदालतमा पुष्टि भने भएन।