१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
Invalid date format १८:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिभिल सहकारीका १६ सय पीडितले फिर्ता मागे सात अर्ब बचत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:१३:oo

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको सिभिल सहकारीका एक हजार ६०० पीडितले करिब रु सात अर्ब बचत फिर्ता माग गरेका छन्।

बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल सहकारी पीडितका लागि मागदाबीको निवेदन दिन जारी गरेको ३५ दिने सूचना सोमबार सकिएको थियो। सोमबारसम्म पीडितले रु सात अर्ब दाबी गरेको समितिका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता प्रभात अधिकारीले जानकारी दिए।

सिभिल सहकारीलाई बागमती प्रदेश सरकारले २०८० भदौ २१ गते समस्याग्रस्त घोषणा गरेको थियो। प्रदेश सहकारी ऐन, २०७६ अनुसार सिभिललाई समस्याग्रस्त घोषणा गरेको थियो। सिभिललाई समस्याग्रस्त घोषणा गरेपछि प्रदेश सरकारले २०८० पुस २२ गते समिति गठन गरेको थियो। समितिमा हाल अध्यक्षसहित तीन सदस्य छन्। बाँकी तीन सदस्य भने पदपूर्ति हुन बाँकी रहेको जनाइएको छ।

सहकारीका अध्यक्ष इच्छाराज तामाङ अहिले पनि जेलमा छन्। तामाङले सहकारीबाट रु सात अर्ब ऋण लिएको कागजातबाट देखिएको अध्यक्ष अधिकारीले बताए। समितिले अनामनगरमा कार्यालय खोली गत असारदेखि काम सुरु गरेको छ। बागमती प्रदेश सरकारले यही कात्तिक ११ गते कीर्तिपुरको दर्शन सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरेको छ। रासस