१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १३:१४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय सेनामा नेपालीको भर्ती नियमित गर्न मेहताको माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१४:oo

भारतीय सेनाका पूर्वमेजर जनरल अशोक मेहताले पाँच वर्षदेखि रोकिएको भारतीय सेनामा नेपालीहरूको भर्ती (गोर्खा भर्ती) नियमित गर्न माग गरेका छन्। भारतीय सेनाको २/५ जिआर (एफएफ) (भिसी पल्टन)मा आबद्ध पूर्वसैनिक परिवार पोखराद्वारा आइतबार आयोजित १३८औँ जन्मजयन्ती (मालाकाण्ड डे) शुभकामना आदानप्रदान कार्यक्रममा मेहताले भर्ती नियमित हुनुपर्ने माग गरेका हुन्।

भारत सरकारले तीन वर्षअघि १४ जुन २०२२ (३१ जेठ २०७९) देखि लागू गरेको अग्निपथका कारण भारतीय सेनामा नेपालीहरूको भर्ती रोकिएको छ। अग्निपथ योजनाअनुसार सैन्य भर्ती चार वर्षका लागि हुनेछ भने त्यसपछि ७५ प्रतिशत सैन्यशक्ति अवकाशमा जानेछन्। यो अवधारणा त्रिपक्षीय सम्झौतासँग मेल नखाएको भन्दै नेपालले भारतीय सेनामा नेपालीहरूको भर्ती रोकेको छ।

मेहताले भने, ‘अब केही नपाउनु र नहुनुभन्दा चार वर्षलाई सात वर्ष बनाएर नेपालीलाई भर्ना गर्नुपर्छ। यसका लागि नेपाल सरकारले पहल गर्नुपर्छ।’ उनले अग्निपथ लागू हुनुभन्दा अघि भारतीय सेनामा जसरी नेपालीहरूको भर्ना प्रक्रिया जस्तो थियो, सोहीअनुसार भर्ना प्रक्रिया सुरु गर्न उनले माग गरे। यसका लागि नेपाल र भारत सरकारले वार्ता गर्नुपर्नेमा उनको जोड थियो।

भारतलाई हालको स्थानमा पुर्‍याउन नेपालीहरूको भूमिका महत्त्वपूर्ण रहेको तथा धेरै नेपालीहरूले भारतका लागि रगत बगाएको उनले स्मरण गरे। भारतका लागि पाकिस्तान र चीनको सीमाक्षेत्रमा नेपालीहरूले धेरै रगत बगाएको इतिहासलाई भारतले कहिल्यै भुल्न नसक्ने उनको भनाइ थियो। नेपाल र भारतको सम्बन्ध निकै पुरानो रहेको भन्दै उनले यस सम्बन्धलाई गाढा र प्रगाढ बनाउन भर्ना प्रक्रिया जतिसक्दो छिटो नियमित गर्न आवश्यक रहेको पनि मेहताले बताए।

भारत सरकारले अग्निपथ योजना लागू गरेसँगै त्यसमा असहमति जनाउँदै नेपालले भर्ती रोकेको छ। नयाँ योजनाअनुसार भर्ना भएकाहरूमध्ये ७५ प्रतिशतलाई चार वर्षपछि अवकाश दिने र २५ प्रतिशतलाई सेवामा राख्ने भनिएको छ। सन् १८१५ देखि ब्रिटिस सेनामा नेपालीहरूलाई भर्ना सुरु गरिएको थियो। भारत स्वतन्त्र भएपछि १९४७ देखि भारतीय सेनामा गोर्खा सैनिकको रूपमा नेपालीहरू भर्ना भएका थिए भने बेलायतमा सन् १८१५ देखि नै निरन्तर भर्ती हुँदै आएको थियो।

सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबिचको त्रिपक्षीय सम्झौताअनुसार गोर्खा सैनिक कार्यरत जम्मा १० वटा एकाइहरूमध्ये ६ वटा भारतमा र चारवटा बेलायती सेनामा राखिएको थियो। हाल ब्रिटिस सेनामा नेपालीको भर्ना जारी छ। अग्निपथका कारण भारतीयमा भने चार वर्षदेखि रोकिएको छ। यसअघि भारतले प्रत्येक वर्ष करिब एक हजार सात सय नेपालीलाई सेनामा भर्ना लिएको थियो।