मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २४ शनिबार
  • Saturday, 14 December, 2024
२o८१ कार्तिक २४ शनिबार १o:१२:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बाढीपहिरोका कारण बागमतीमा साढे ५ हजार हेक्टरको धानखेती नष्ट

बागमतीमा धान उत्पादनमा कमी आउने अनुमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक २४ शनिबार १o:१२:oo

समयमै सुरु भएको मनसुन र पर्याप्त मात्रमा परेको पानीका कारण यसवर्ष धान उत्पादन बढ्ने अपेक्षा गरिएको भएपनि बाढीपहिरोले पुर्‍याएको क्षतिका कारण बागमती प्रदेशमा धान उत्पादनमा कमी आउने भएको छ ।

बागमती प्रदेशका १३ जिल्लामा धान उत्पादन हुने कुल क्षेत्रफलको ९९.१८ शतप्रतिशत रोपाई भएपछि यसवर्ष धान उत्पादन विगतको वर्ष भन्दा बढ्ने अनुमान गरिएको थियो । तर असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण प्रदेशका केहि जिल्लामा आएको बाढीपहिरोले धान खेतीमा क्षति पुर्‍याएपछि धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।

यसवर्ष बागमती प्रदेशको १ लाख १२ हजार २७३ हेक्टर क्षेत्रफल धान रोपाईँ हुने क्षेत्रफलमध्ये एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको थियो । तर, बाढीपहिरोका कारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा क्षति पुर्‍याएपछि धान उत्पादन कम हुनसक्ने बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता सुजन कडेंलले बताए ।

उनले यसवर्ष धान उत्पादन बढ्ने अनुमान गरेको भएपनि बाढीपहिरोले गर्दा उत्पादन घट्नसक्ने दावी गरे । बाढीपहिरोले प्रदेशका विभिन्न जिल्लामा लगाइएको धान खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाई छ ।

‘यसवर्ष बागमती प्रदेशका १३ जिल्लाको एक लाख ११ हजार ३५१ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । बाढीपहिरोका कारण ५ हजार ५०३ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ,’ उनले भने, ‘धान उत्पादन घट्ने संभावना छ । ’

प्रवक्ता कडेंलले प्रदेशको मकवानपुर, नुवाकोट, ललितपुर, काभ्रे, रामेछाप, सिन्धुली, धादिङ लगाएतका जिल्लाहरुमा बाढीपहिरोले सबैभन्दा बढी धानबालीमा क्षति पुर्‍याएको जानकारी दिए । 

सबैभन्दा बढी मकवानपुरमा २ हजार ९०२.८३ हेक्टरमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । यस्तै सिन्धुलमा ८५५, काभ्रेमा ६०२।१, ललितपुरमा २११।५, नुवाकोटमा १९८।२२५, धादिङमा १८४ र रामेछापमा १५७।५५ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा बाढीपहिरोले क्षति पुर्‍याएको छ ।

प्रवक्ता कडेंलका अनुसार यसवर्ष मकवानपुरको धान रोपाईँ हुने कुल २४ हजार २४७ हेक्टर क्षेत्रफलमा शतप्रतिशत धान रोपाईँ भएको थियो । यस्तै सिन्धुलीमा ११ हजार ८८, काभ्रेमा ९ हजार ९४७, ललितपुरमा ४ हजार १६३, नुवाकोटमा ११ हजार १०९, धादिङमा ११ हजार ३१२, र रामेछापमा ७ हजार ८५९ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

प्रदेशका सबैभन्दा बढी धानखेती भएको चितवनमा भने यसवर्ष बाढीपहिरोले कम क्षति पुर्‍याएको छ । यहाँ २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती भएकोमा ४५ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । 

यसैगरी ३ हजार ७१९ हेक्टरमा धानखेती भएको भक्तपुरमा ८५, १ हजार ४९ हेक्टर धानखेती भएको रसुवामा ६।५ र २ हजार ८१४ हेक्टर क्षेत्रफलमा धानखेती भएको दोलखामा ४ हेक्टर क्षेत्रफलको धानखेतीमा क्षति पुगेको छ । 

यस्तै यसवर्ष ८ हजार ५७३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको सिन्धुपाल्चके जिल्लामा भने बाढीपहिरोले क्षति नपुर्‍याएको मन्त्रालयका प्रवक्ता कडेंलले जानकारी दिए ।