Skip This
ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, बिटक्वाइन हालसम्मकै महँगो
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
तस्बिर : एपी/फाइल
एजेन्सी लन्डन
Invalid date format १८:५६:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

ट्रम्पको जितसँगै डलरको मूल्य बढ्यो, बिटक्वाइन हालसम्मकै महँगो

Read Time : > 1 मिनेट
एजेन्सी, लन्डन
नयाँ पत्रिका
Invalid date format १८:५६:oo

अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ। सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ। विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्ने बताएका थिए।

रिपब्लिकन उम्मेदवारले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै चार वर्षअघि जो बाइडेनसँग हारेको ह्वाइट हाउस फिर्ता लिएर उल्लेखनीय राजनीतिक पुनरागमन गरेका छन्।

धेरै अमेरिकी मिडियाले ट्रम्पलाई विजेता घोषणा गर्नुअघि नै पूर्वराष्ट्रपतिले ‘भव्य’ जितको दाबी गर्दा बजार खुल्नुभन्दा घन्टौँअगाडि नै वाल स्ट्रिट स्टक फ्युचर्स उच्च भयो।

युरोपका मुख्य सेयर सूचकांकहरू बिहानको कारोबारमा बढे भने एसियाली बजार विभाजित रह्यो। चिनियाँ आयातमा ट्रम्पले कर लगाउने अपेक्षाका कारण चिनियाँ सेयरहरू प्रभावित भए। बजारको ध्यान संयुक्त राज्य अमेरिकापछिको विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनको अर्थतन्त्रलाई प्रोत्साहन गर्ने योजनाहरूमा पनि केन्द्रित थियो।

‘ट्रम्प ट्रेड पूर्ण गतिमा छ,’ स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भने। ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ। यसलाई मुद्रास्फीतिका रूपमा मानिन्छ र त्यसैले आगामी महिनाहरूमा फेडरल रिजर्भले ब्याजदरमा कम कटौती गर्नेछ।

यसले मुख्य प्रतिद्वन्द्वीविरुद्ध डलरलाई बढावा दियो र युरोविरुद्ध १.५ प्रतिशतभन्दा धेरैले बढ्यो। फेडले बिहीबार आफ्नो पछिल्लो दर निर्णय घोषणा गर्दै छ।

‘फेडरल रिजर्भले भोलि सम्भावित २५ आधार अंक कटौतीको घोषणा गर्ने अपेक्षा गरिएको छ। ट्रम्पका नीतिहरू स्वाभाविक रूपमा मुद्रास्फीति हो भन्ने धारणालाई ध्यानमा राख्दै डिसेम्बरको बैठकका लागि हामीले पहिले नै अपेक्षाहरू कम भएको देख्दै छौँ,’ स्कोप मार्केटका विश्लेषक जोसुआ महोनीले पूर्वानुमान गरे।

अमेरिकी ट्रेजरी प्रतिफलले पनि बुधबार समर्थन प्राप्त गरेको छ। ‘लगानीकर्ताहरूले शुल्क र (अमेरिकी) आप्रवासनमा कडाइका लागि तयारी गरिरहेका छन्। यी नीतिहरूलाई मुद्रास्फीतिका रूपमा मानिन्छ। यसले आगामी वर्षहरूमा ब्याजदर उच्च हुन सक्ने संकेत गर्दछ,’ हाग्रिभ्स ल्यान्सडाउनका मनी एन्ड मार्केट्स प्रमुख सुसान्ना स्ट्रिटरले भनिन्, ‘राष्ट्रपतिमा ट्रम्पको अर्थ ठुला प्रविधि र ठुला वित्तमा कम नियमहरू हुनेछन् भन्ने अपेक्षा उच्च छ।’

ट्रम्पले विजय भाषणमा प्रमुख प्रचार समर्थक विद्युतीय कार निर्माता टेस्लाका प्रमुख एलन मस्कलाई ‘स्टार’ भनेर प्रशंसा गरेपछि टेस्लाको सेयर १५ प्रतिशतभन्दा बढीले बढेको छ।

बिटक्वाइनको मूल्य रेकर्ड विन्दुमा
बिटक्वाइन ६ हजार डलरले बढेर मार्चको करिब ७४ हजार डलरको अघिल्लो उच्च रेकर्ड तोड्दै ७५ हजार तीन सय ७१.६७ डलरमा पुगेको छ।

ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटक्वाइन र क्रिप्टोकरेन्सी राजधानी’ बनाउने र टेक अर्बपति एलन मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

‘ट्रम्पको नेतृत्वमा अमेरिकी कुवाबाट थप कच्चा तेल बग्ने अपेक्षाबिच अन्यत्र तेलको मूल्यमा गिरावट आएको छ,’ स्ट्रिटरले भनिन्, ‘ट्रम्पको अर्को राष्ट्रपति कालले ऊर्जा स्वतन्त्रतामा जोड दिने सम्भावना छ र उहाँका नीतिहरूले जीवाश्म इन्धनलाई प्राथमिकता दिने, तेल, ग्यास र कोइला उद्योगहरूमा नियमन खुकुलो पार्ने सम्भावना छ।’ रासस/एएफपी