मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक २० मंगलबार
  • Thursday, 05 December, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ कार्तिक २० मंगलबार o८:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१९ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम र कर्णाली विजयी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ कार्तिक २० मंगलबार o८:२४:oo

विराटनगरमा चलिरहेको नरेश श्रेष्ठ स्मृति वाइवाई पुरुष यू–१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली र सूदुरपश्चिम प्रदेश विजयी भएका छन् । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले कोशीलाई १ सय २३ रनको फराकिलोअन्तरले पराजित गरेको छ ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४७.४ ओभरमा सबै विकेट गुमाएर १ सय ८३ रन बनायो । सूदरपश्चिमका सुबराज खत्रीले ४४ रन जोडे । अभिषेक थापाले ३७ रन र नरेन भट्टले २४ रन बनाए । कोशीका सौजन घिमिरेले ४ विकेट लिँदा विपिन महतोले २ विकेट लिए ।

१ सय ८४ रनको विजयी लक्ष्य पाएको कोशीले २२. ३ ओभरमा सबै विकेट गुमाउँदै ६० रन मात्र बनायो । कोशीका सौजन घिमिरेले २६ रन र आशिष मगरले १३ रन बटुले । यउसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन नै बनाएनन् । सुदूरपश्चिमका म्यान अफ दी म्याच सचिन भट्टले ५ विकेट लिए । उनले ६ ओभरमा २ मेडन राख्दै ७ रन मात्र दिए । नरेन पनि ४ विकेट लिए । सुदूरपश्चिमले पाँच खेलमा जित हात निकालेको छ । १० अंकका साथ सुदूरपश्चिम दोस्रो स्थानमा रहेको छ । कोशीले खेलेको ६ खेलमा १ खेलमा जित निकालेको छ । कोशी ५ खेलमा पराजित भएको छ ।

कर्णाली ४७ रनले विजयी
प्रतियोगिताअन्तर्गत सोमबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णालीले मधेश प्रदेशलाई ४७ रनले पराजित गर्दै पहिलो जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा सबै विकेट गुमाई १ सय ३३ रनको योगफल बनायो । कर्णालीका हिरालाल चनराले ४५ रन बनाए । मनीष थापाले २२ रन र युनिस ठकुरीले २१ रनको योगदान दिए । 

मधेशका राजेश यादवले सर्वाधिक ४ विकेट र अफ्रुदिन रैनले ३ विकेट लिए । १ सय ३४ रनको लक्ष्य पछ्याएको मधेशले २७.२ ओभरमा सबै विकेट गुमाई ८६ रन जोड्यो । मधेशका मायन यादवले १५ रन र जितेश मण्डलले १३ रनको योगदान दिए । कर्णालीका म्यान अफ दी म्याच विपिन शर्माले चार विकेट हात पारे । कर्णालीकै युनिस ठकुरीले ३ विकेट लिए । 

कर्णालीले खेलेको ५ खेलमा १ मा जित निकाली दुई अंक जोडेको छ । अंक तािलकामा कर्णाली पुछारमा छ मधेशले ५ खेलमा २ जित र ३ हारको सामना गरी चार अंक जोडेको छ । मधेश पाँचौँ स्थानमा रहेको छ ।

प्रतियोगिताअन्तर्गत मंगलबार बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा लुम्बिनी र मधेशबिच खेल हुनेछ । मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा बागमतीले कर्णालीको सामना गर्नेछ ।