मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

अवैध हतियार र गोलीसहित रौतहटमा एक भारतीय  नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा बिओपी बेलबिछवाबाट खटिएको सशस्त्र प्रहरीले रौतहटको राजदेवी नगरपालिका– ९ ब्रह्मपुरस्थित सञ्जीव सिंहको मदिरा पसलमा आइतबार राति २ बजेको समयमा चेकजाँच गर्दा अवैध कटुवा पेस्तोल र गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले जनाएको हो।

नेपाल–भारत सीमा क्षेत्रमा अवस्थित ब्रह्मपुर गाउँको छेउमा स्थानीय सञ्जीव सिंहले सञ्चालन गरेका मदिरा पसलमा रहेको शौचालयनजिकै एक थान नलकटुवा पेस्तोल, सोही पेस्तोलमा लाग्ने आठ एमएमको तीन थान गोली, आठ एमएमको एक थान पड्केको गोलीको खोखा, एक थान मोबाइलसहित भारत बिहार समस्तीपुर खैदी– ५ घर भई हाल उक्त मदिरा पसलमा बस्दै आएका ४२ वर्षीय राजेश सिंहलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईंले जानकारी दिए।

पक्राउ परेका भारतीय नागरिक राजेश सिंह र भट्टी सञ्चालक सञ्जीव सिंह नातामा सालो–भेना पर्ने जानकारी दिँदै सशस्त्र प्रहरीका एसपी हुमागाईँंले अवैध हतियारसहित पक्राउ परेका राजेश सिंहलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाएको बताए।