१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक १८ आइतबार
  • Monday, 12 May, 2025
२o८१ कार्तिक १८ आइतबार १o:११:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

थाई एसियाको भैरहवा–बैंकक उडान सुरु  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ कार्तिक १८ आइतबार १o:११:oo

थाई एसिया एयरलाइन्सले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि सुरु गरेको छ । आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

‘सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो,’ विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, ‘अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।’ थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनः उडान काठमाडौंमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुवाती भाडादर १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७:४० बजे बैंकक प्रस्थान गरिसकेको छ।